जंगलबाट दाउरा लिएर फर्कँदा लडेर एक जनाको मृत्यु

जंगलबाट दाउरा लिएर फर्कँदा लडेर एक जनाको मृत्यु

काठमाडौं : काभ्रेमा जंगलबाट दाउरा लिएर फर्कँदै गरेका एक पुरुषको लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेको देउराली गाउँपालिका-१ सानुबाङथलीका ५५ वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन्।

तामाङ जंगलबाट दाउरा लिई घर फर्कने क्रममा बाटोमा लड्दा गम्भीर घाइते भएका थिए।

उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

८ माघ, २०८०, ०८:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।