अयोध्याको राममन्दिरको आज प्राणप्रतिष्ठा हुँदै, केन्द्रीय सरकारका कर्मचारीलाई ‘हाफ डे’ छुट्टी

अयोध्याको राममन्दिरको आज प्राणप्रतिष्ठा हुँदै, केन्द्रीय सरकारका कर्मचारीलाई ‘हाफ डे’ छुट्टी

एजेन्सी : भारतको उत्तरप्रदेशमा रहेको अयोध्यास्थित राम मन्दिरमा रामललाको प्रतिमाको अभिषेक गरिने भएको छ।

अभिषेकका लागि प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम छ। त्यसका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनान अयोध्या पुगिसकेका छन्।

अभिषेक समारोह दिउँसो १२.२० बजे सुरू भएर दिउँसो १ बजेसम्म चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि प्रधानमन्त्री मोदीले जनसभालाई सम्बोधन गर्नेछन्।

कार्यक्रमका लागि ठूला नेता, उद्योगपति, अभिनेता, कूटनीतिज्ञ, न्यायाधीश र अन्य हाई प्रोफाइल व्यक्तिहरू सम्मिलित ५०६ अतिथिको ए-लिस्ट तयार गरिएको छ।

रामजन्मभूमि तीर्थ क्षेत्र कोषका अनुसार आइतबार रामलल्लाको मूर्तिलाई विभिन्न तीर्थस्थलबाट ल्याइएका ‘औषधियुक्त’ जल र पवित्र जलले भरिएको ११४ घड़ाले स्नान गराइएको थियो।

२२ जनवरीलाई सबै केन्द्रीय सरकारी कर्मचारीहरूको लागि आधा दिनको छुट्टी दिइएको छ।

रामललाको नयाँ ५१ इन्चको मूर्ति गत बिहीबार मन्दिरको गर्भगृहमा राखिएको थियो। यो मूर्ति मैसूरका अरुण योगीराजले बनाएका हुन्। ‘प्राण प्रतिष्ठा’को पूजाका लागि १४ चौध जोडी ‘यजमान’ रहनेछन्।

यो राम मन्दिर २०१९ मा सर्वोच्च अदालतको फैसलापछि बनेको हो।

माघ ८, २०८० सोमबार ०८:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।