यू–१९ विश्वकपमा आज दुई खेल हुँदै

काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपमा आज दुई खेल हुँदैछन्।
समूह ‘ए’ अन्तर्गत आयरल्याण्डले बंगलादेशको सामना गर्दा समूह ‘सी’ अन्तर्गत नामिबिया अस्ट्रेलियासँग भिड्दैछ।
दुवै खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरू हुनेछ।
यसअघि आइतबार भएको समूह ‘डी’को खेलमा न्यूजिल्याण्डले नेपाललाई ६४ रनले पराजित गरेको थियो।
यस्तै समूह ‘सी’ अन्तर्गत भएको अर्को खेलमा श्रीलंकाले जिम्बावेलाई ३९ रनले पराजित गरेको थियो।
माघ ८, २०८० सोमबार ०८:१५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।