यू–१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य
काठमाडौं : आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डले नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आज दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३०२ रन बनायो।
न्युजिल्यान्डबाट तेस्रो नम्बरमा ब्याटिङका निम्ति आएका रेड्डीले अविजित १४७ रन बनाए। उनले १२५ बलमा ११ चौका र ६ छक्का हिर्काए।
६७–३ को नाजुक अवस्थामा ब्याटिङमा लागि आएका रेड्डीले कप्तान ओस्कार ज्याक्सनसँग १५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङ्स सम्हालेका थिए।
कप्तान ज्याक्सन ८१ बलमा तीन चौका र पाँच छक्कासहित ७५ रन बनाएर आउट भए।
ओपनर टस जोनसले ३३, लुक वाट्सनले १४ र एलेक्स थप्सनले १३ रन थपे।
नेपालका सुवास भण्डारीले तीन विकेट लिए। गुल्सन झाले दुई र दिपेश कँडेल, तिलक वर्मा र आकाश त्रिपाठीले समान एक विकेट लिए।
माघ ७, २०८० आइतबार १७:५२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।