कोरम नपुगेपछि राज्यव्यवस्था समितिको बैठक स्थगित

कोरम नपुगेपछि राज्यव्यवस्था समितिको बैठक स्थगित
फाइल फोटो

 

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित गरिएको छ।

आज मध्यान्ह ११:४५ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो।

कम्तीमा १४ जना उपस्थित हुनुपर्नेमा १० सदस्य मात्र बैठकका निम्ति पुगेपछि बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेको हो।

अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने बैठकको कार्यसूची थियो।

आजको स्थगित र यही माघ १४ गते बस्ने गरी अर्को बैठक बोलाइएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए।

माघ ७, २०८० आइतबार १४:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।