कतारबाट आएका खगेन्द्र आधा किलो झोल सुनसहित समातिए

कतारबाट आएका खगेन्द्र आधा किलो झोल सुनसहित समातिए

काठमाडौँ : कतारको दोहाबाट आएका खगेन्द्र दर्जी आधा किलो सुनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल भन्सार कार्यालयले तरल पदार्थ बनाएर ल्याएको ४९९ ग्राम सुनसहित दर्जीलाई पक्राउ गरेको हो।

भन्सार कार्यालयका अनुसार उनी हिमालय एयरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका थिए। उनीसँग रहेको पहेँलो तरल पदार्थको परीक्षणमा सो सुन रहेको खुलेपछि नियन्त्रणमा लिइएको थियो।

माघ ७, २०८० आइतबार १३:३७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।