आइएमई पे एपमा एक रुपैयाँको खेलमा अल्टिमा लाईफस्टाईलको प्रडक्ट उपहार
काठमाडौँ : आइएमई पेले माघ महिनादेखि एपमा ‘अहिले नखेले कहिले’ नामको खेल सार्वजनिक गरेको छ। यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल सार्वजनिक गर्दै आएको कम्पनीले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आबद्ध भएर खेल सुरु गरेको जनाएको छ।
खेलको उपहारमा १० वटा अल्टिमाको प्रडक्टहरू राखिएको छ। आइएमई पे एपका प्रयोगकर्ताहरूले एक रुपैयाँमा आफूलाई मन पर्ने प्रडक्ट छानेर खेल खेल्न सकिने कम्पनीले जानकारी दिएको छ।
अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पे मार्फत खरिदमा छुट पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
माघ ७, २०८० आइतबार १३:११:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।