छ महिनामा ६ खर्ब ९३ अर्ब बढी व्यापार घाटा
काठमाडौं : चालू आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख रूपैयाँ रहेको छ।
गत वर्षको तुलनामा व्यापार घाटा २.६२ प्रतिशतले घटेको हो। गत वर्षको पुस मसान्तसम्म व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रूपैयाँ थियो।
विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विभिन्न देशबाट सात खर्ब ६८ अर्ब १६ करोड रूपैयाँको वस्तु तथा सेवा आयात गरिएको छ। पुस मसान्तसम्म नेपालबाट ७४ अर्ब ९६ करोड ८० लाख रूपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको छ।
गत वर्षको तुलनामा आयात ३.०९ प्रतिशतले घटेको छ। निर्यात ७.२३ प्रतिशतले घटेको छ।
विभागका अनुसार गत वर्षको पुस मसान्तसम्म सात खर्ब ९२ अर्ब ६६ करोड रूपैयाँको वस्तु तथा सेवा आयात गरिएको थियो। सो अवधिसम्म नेपालबाट ८० अर्ब ८० करोड रूपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको विभागले जनाएको छ।
माघ ७, २०८० आइतबार १३:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।