स्विमिङ पुलमा करेन्ट प्रकरण : सजिलको हत्या प्रयासको आरोपमा होटल सञ्चालक पक्राउ

स्विमिङ पुलमा करेन्ट प्रकरण : सजिलको हत्या प्रयासको आरोपमा  होटल सञ्चालक पक्राउ

काठमाडौँ : ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले स्क्वायर होटेलका सञ्चालक ललिता देवकोटा भण्डारीलाई पक्राउ गरेको छ। अर्का सञ्चालक रोमी अर्याल भने फरार छन्।

जिल्ला प्रहरी परिसर ललितपुरले होटेलका सञ्चालकमध्ये भण्डारीलाई शनिवार पक्राउ गरेको हो।

भदौमा जाउलाखेलका सजीलमान शाक्य होटल स्क्वायरमा स्विमिङ गर्दा करेन्ट लागेर बेहोस भएका थिए। शाक्य परिवारले जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि सरकारी वकिलहुँदै जाहेरी प्रहरीमा पुगेको जाहेरी घटना भएका साढे चार महिनापछि दर्ता भएको थियो।

शाक्य छोरीसहित होटेलको स्विमिङ पुलमा स्विमिङ गर्न गएका बेलामा घटना भएको थियो। छोरी चस्मा मिलाउन स्विमङपुलबाट बाहिर निस्केको बेलामा शाक्य कामिरहेको देखेपछि उनको श्रीमतीले तान्न खोज्दा झड्का लागेको थियो। उनी पुलमै बेहोस भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि उनी कोमामा पुगे। अहिले पनि कोमामा छन्।

होटलले स्विमिङ पुल नजिकै जडान गरेको बत्तीको पोलमा करेन्ट सटहुँदा पनि मर्मत नगरी लापरबाही गरेको शाक्य परिवारको दाबी छ। सोही आधारमा उनीहरूले ज्यान मार्ने प्रयास गरेको आरोपमा जाहेरी दिएका थिए।

माघ ७, २०८० आइतबार १२:५८:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।