बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ।

आइतबार सुनको मूल्य तोलामा ४०० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन प्रति तोला एक लाख १८ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिनमा सुन प्रति तोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, तेजावी सुन तोलामा एक लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रूपैयाँ घटेको छ।

चाँदी प्रति तोला एक हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

माघ ७, २०८० आइतबार १२:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।