एएफसी एसिया कप : बहराइनले १ गोलले हरायो मलेसियालाई

एएफसी एसिया कप : बहराइनले १ गोलले हरायो मलेसियालाई

काठमाडौं : इन्जुरी समयमा एक गोल गर्न सफल भएपछि एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ।

कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई' मा रहेको बहराइनले हिजो राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्यो।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौं मिनेटमा गोल गर्दै जित निकालको हो।

बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अंक दिलाउन सफल भयो। यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४/४ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन्।

समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ।

माघ ७, २०८० आइतबार ११:३४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।