रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेका छन् : दुर्गा प्रसाइँ

रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेका छन् : दुर्गा प्रसाइँ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाइँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेको आरोप लगाएका छन्।

सनिवार आफ्नो अभियान लिएर हेटौंडा पुगेका प्रसाइँले जीवी राई भनिने गितेन्द्रबाबु राईलाई आफैले लुकाएर लामिछानेले सहकारी समस्या समाधान गर्छु भन्नू हास्यास्पद भएको बताए।

आफूलाई सहकारी पीडितको अभियन्ता बताउने प्रसाइँले एमालेले गाउँ गाउँ लघुवित्त छिराएर हरेक नागरिकलाई रुने बनाएको बताए।

त्यस्तै, प्रसाइँले राप्रपाले राजा देखाएर राजनीति मात्र गरेको आरोप लगाउँदै राप्रपाले राजा ल्याउँछ भनेर आश गर्नु बेकार रहेको टिप्पणी गरे।

उनले भने, 'राजा भनेको बाघ हो, राप्रपाले राजा ल्याइदिन्छ, हिन्दु राज्य ल्याइदिन्छ भनेर आश नगर्नुस्, म राजा देखाएर हिन्दु धर्म देखाएर सत्तामा जाने मान्छे हैन।'

माघ ७, २०८० आइतबार ०८:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।