'हाइवे टु धम्पुस'बाट अमेरिका भासिएका राजबल्लभको कमब्याक कति सत्य?
काठमाडौँ : फिल्म ‘हाइवे टु धम्पुस’को छायाङ्कनका लागि अमेरिका पुगेका राजवल्लभ कोइराला उतै बसे। अभिनयमा अलग पहिचान बनाउँदै थिए उनी।
उनले ‘पर्खी बसेँ’, 'छोडी गए पाप लाग्ला', 'सम्झना', 'हाँसी देऊ एक फेर' लगायतका फिल्ममा अभिनय गरे। उनको अभिनयसँगै एक बैंकरसँगको प्रेम सम्बन्ध पनि चर्चामा थियो। उनी अमेरिका भासिनुमा अवसरको खोजी मात्र कारण नरहेको उनी निकटहरू दाबी गर्छन्। उनीहरूको दाबी अनुसार जब ती बैंकरले विवाहको दबाब दिन थालिन् अनि राजबल्लभ नेपाल फर्किएनन्।
अमेरिका भासिएपछि कोइरालाको अभिनय यात्रा पनि भासियो। उनी फिल्म कामिनोबाट नेपाली रजतपटमा कमब्याक हुने चर्चाकाविच। फिल्म ‘एक्टर’बाट कमब्याक गर्ने चर्चा सुरु भएको छ।
फिल्म एक्टरको निर्माण टिमले राजबल्लभको पोस्टरसहित उनलाई स्वागत गरेको सन्देश सामाजिक सञ्जालमा राखेपछि चर्चा सुरु भएको हो।
एक्टरमा मुख्य भूमिकामा प्रदीप खड्का अनुबन्धित भइसकेका छन्। नायिकामा आना शर्मा अनुबन्धित भएकी छिन्। लिड रोलमा प्रदीप भए पनि कमब्याकका लागि राजबल्लभ राजी भएका छन्।
एक्टरको निर्देशन राजन भुसालले गर्न लागेका हुन्। फिल्मलाई सन् २०२५ भित्र रिलिज गर्ने निर्माण पक्षको तयारी देखिन्छ।
माघ ६, २०८० शनिबार १७:५२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।