जाडो बढेपछि उपमहानगरले दियो बुटवलका विद्यालयमा तीन दिन विदा

जाडो बढेपछि उपमहानगरले दियो बुटवलका विद्यालयमा तीन दिन विदा

बुटवल : जाडो बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले तीन दिन विद्यालयहरूमा जाडो विदा दिएको छ।

माघ ७ देखि ९ गतेसम्म ३ दिन विद्यालयहरूमा जाडो विदा दिएको हाे।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले एक सूचना जारी गर्दै उपमहानगर भित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म विदा दिने बताए।

‘यस उपमहानगरपालिकाको मिति २०८०-१०-०५ को निर्णयानुसार अत्यन्तै जाडो बढेको कारण यस उपमहानगरपालिका अन्तर्गत संचालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा मिति २०८०-१०-०७ गतेदेखि मिति २०८०-१०-०९ गते तिन दिनसम्मको लागि जाडो बिदा (हिउदे विदा) गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ।

पछिल्लो केही दिनयता बुटवल जाडोका कारण बालबालिका तथा वृद्धसहित जनजीवन प्रभावित बनिरहेको छ।

६ माघ, २०८०, १५:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।