सानिया मिर्जासँगको सम्बन्ध बिग्रेको हल्लाका बीच शोएब मलिकले गरे तेस्रो विवाह

सानिया मिर्जासँगको सम्बन्ध बिग्रेको हल्लाका बीच शोएब मलिकले गरे तेस्रो विवाह

एजेन्सी : भारतीय पूर्व टेनिस खेलाडी सानिया मिर्जासँगको वैवाहिक सम्बन्ध बिग्रँदै गएको अड्कलबाजीका बीच पाकिस्तानी पूर्व क्रिकेटर शोएब मलिकले तेस्रो विवाह गरेका छन्।

मलिकले पाकिस्तानी अभिनेत्री सना जावेदसँग तेस्रो विवाह गरेको इन्स्टाग्राममा पोस्टमार्फत सार्वजनिक गरेका छन्।

२८ वर्षीया सना जावेदले पाकिस्तानका धेरै शो र म्युजिक भिडियोमा काम गरिसकेकी छन्।

४२ वर्षीय शोएब मलिकले पाकिस्तानका लागि २८७ एकदिवसीय, १२४ टी–२० र खेले ३५ टेस्ट खेल खेलिसकेका छन्। उनी सन् २००७ मा पाकिस्तानी टोलीको कप्तान बनेका थिए।

तीन दिनअघि अर्थात बुधबार शोएबकी पत्नी एवं पूर्व भारतीय टेनिस खेलाडी सानिया मिर्जाले सामाजिक सञ्जालमा एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन्।

त्यसपछि उनको शोएब मलिकसँगको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरू भएको थियो।

सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, आफ्नो कठिन विकल्प रोज्नुपर्छ।’

सानियाले सन् २०१० मा शोएब मलिकसँग विवाह गरेकी थिइन्।

६ माघ, २०८०, १४:०३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।