भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि, १२८ फ्रान्सेली सैनिक र वायुसेनाले प्रस्तुति दिने

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि, १२८ फ्रान्सेली सैनिक र वायुसेनाले प्रस्तुति दिने

एजेन्सी : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन जनवरी २६ मा हुने भारतको ७५औं गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि हुने भएका छन्।

फ्रान्सका राष्ट्रपति गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि बन्न लागेको यो छैटौं पटक हो। यति मात्र नभएर उक्त दिन नयाँ दिल्लीको ड्युटी रुटमा हुने परेडमा फ्रान्सेली सैनिक र उनीहरूको ब्यान्ड पनि सहभागी भएका छन्।

समाचार एजेन्सी पीटीआईले जारी गरेको तस्बिर र भिडियोमा यी सैनिक र ब्यान्ड स्क्वाडलाई गणतन्त्र दिवस समारोहको रिहर्सलमा भाग लिइरहेको देख्न सकिन्छ।

पीटीआईका अनुसार परेड गर्ने मार्चिङ स्क्वाडमा ९५ फ्रान्सेली सैनिक र ब्यान्डमा ३३ जना छन्।

समाचार एजेन्सी एएनआईका अनुसार यस पटक परेडमा फ्रान्सेली वायुसेनाको राफेल लडाकु विमान र मल्टिरोल ट्याङ्कर ट्रान्सपोर्ट एयरक्राफ्ट पनि सहभागी हुनेछन्।

गत जुलाईमा पेरिसमा आयोजित ब्यास्टिल डे परेडमा सहभागी भारतीय वायुसेना स्क्वाड्रन लिडर सुमिता यादवसहित अन्य केही कर्मचारी पनि यो परेडमा सहभागी छन्।

माघ ६, २०८० शनिबार १२:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।