हरिशंकर र मयनको अर्धशतकमा कर्णालीलाई मधेशले दियो २३२ रनको लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा मधेश प्रदेशले कर्णालीलाई २३२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३१ रन बनायो।
उसका लागि कप्तान हरिशंकर शाह र मयन यादवले ५०-५० रनको अर्धशतकीय पारी खेले।
अनिल शाह ४४, अभिषेक तिवारी ३४, पवन शर्राफ र राजेश यादव ११, राहुल मण्डल १० रन बनाएर आउट हुँदा प्रदीप पासवान र रञ्जित कुमार क्रमशः ११ र १ रनमा नटआउट रहे।
कर्णालीका दिपेन्द्र रावतले चार, अनुज चनरा दुई, युनिश सिंह, दिनेश अधिकारी र दिवन पुनले समान एक-एक विकेट लिए।
कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ।
प्रतियोगितामा चार खेलबाट चार अंकसहित मधेश तालिकाको सातौं स्थानमा रहँदा कर्णाली तीन खेलबाट समान अंकसहित छैटौं स्थानमा छ।
माघ ६, २०८० शनिबार १२:३३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।