५७० किलोमिटर रेन्ज भएको बीवाईडी सिल नेपालमा, कति पर्छ मूल्य?

५७० किलोमिटर रेन्ज भएको बीवाईडी सिल नेपालमा, कति पर्छ मूल्य?

काठमाडौं : नेपालका लागि बीवाईडीको अधिकृत वितरक सिमेक्सले व्यग्र प्रतिक्षित बीवाईडी सिल नेपाल भित्र्याएको छ।

विद्युतीय साधनको बजारमा क्रान्ति ल्याउने भनिएको बीवाईडी सिल सुविधा, प्रविधि र पर्फर्मेन्सको प्रतिक भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार डायनामिक र इन्टेलिजेन्ट डिजाइन भएको बीवाईडी सिल उच्च प्रविधि सुविधाहरूको साथ एथलेटिकिज्मलाई सहज समिश्रण छ।

गाडीम ४०२ लिटरको ठूलो बुट स्पेस र सामानहरू भण्डारण गर्न कारको अगाडिको छेउमा ५३ लिटर फ्रङ्क छ।

गाडीमा इको, नर्मल, स्पोर्ट र स्नो गरेर चार ड्राइभिङ मोडहरू छन्। गाडी दुई किसिमका ब्याट्री प्याकहरू, ६१.४४ किलोवाटआवर र ८२.५६ किलोवाट आवरमामा उपलब्ध छ।

यसले उच्च पावर चार्जिङ क्षमता सहित, ५७० किलोमिटरको रेन्ज दिन्छ र ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म छिटो चार्ज हुन्छ।

बीवाईडी सिलको अगाडिका सिटहरूमा भेन्टिलेसन/ताताउने सुविधा छ भने पछाडिका सिटहरू आरामका लागि सावधानीपूर्वक डिजाइन गरिएका कोणहरू र प्याडिङहरू छन्।

गाडीमा 'ओभरसाइज पानोरामिक सनरुफ' छ, जसले यात्रुहरूलाई खुल्ला दृश्यावलोकनको मौका दिन्छ। तातो इन्सुलेशनका लागि गाडीको अगाडिका ढोकाहरू ल्यामिनेटेड गिलासले डबल-ग्लेज्ड छन्।

प्रिमियम गुणस्तरको अवाज सहितको १२ स्पिकर डाइनाडियो पर्फरमेन्स अडियो प्रणाली र स्मार्टफोन वायरलेस चार्जिङ सिलमा रहेको अर्को सुविधाजनक विशेषता हो।

बीवाईडी सिल तीन फरक भेरियन्टमा उपलब्ध छ। ४६० किलोमिटर रेन्ज दिने डाइनामिक भर्सन १ करोड ५ लाखमा उपलब्ध हुनेछ भने ५७० किलोमिटर रेन्ज दिने प्रिमियम भर्सन १ करोड ३९ लाखमा नेपालमा उपलब्ध हुनेछ।

यस्तै ५२० किलोमिटर रेन्ज दिने पर्फरमेन्स नामक गाडीको मूल्य भने १ करोड ८५ लाख तोकिएको छ।

यी सबै गाडीहरू आर्कटिक निलो, अरोरा सेतो, कज्मोस कालो र एटलान्टिस ग्रे गरि चार स्ट्याण्डर्ड रङहरूमा उपलब्ध हुनेछन्।

बीवाईडीका अहिले नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर, १५ चार्ज प्वाइन्टहरु छन् र यी तीनवटै क्षेत्रमा पूर्वाधार सञ्जाल विस्तार भइरहेको छ।

माघ ६, २०८० शनिबार १०:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।