दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ योजना, शहरमात्र नभएर गाउँसम्मै सेवा दिने दाबी

दराजको ‘फ्रि डेलिभरी फेस्टिभल’ योजना, शहरमात्र नभएर गाउँसम्मै सेवा दिने दाबी

काठमाडौं : नेपालको अग्रमणी ई-कमर्स प्लेटफर्म दराजले ‘फ्रि डेलिभरी फेस्टिभल’ योजना सार्वजनिक गरेको छ।

दराजले पहिलो पटक ल्याएको यो कार्यक्रममा ग्राहकहरुले निःशूल्क डेलिभरी, ७० प्रतिशतसम्मको मेगा डिल्स,  एक हजार रुपैयाँसम्मको मेगा भौचर, एक हजार रुपैयाँसम्मको प्रिपेमेन्ट छुट पाउन सक्नेछन्।

माघ ९ गते देखि सुरू हुने योजनामा फेसन, लाइफस्टाइल, ब्यूटीजस्ता विभिन्न विधाका सामानहरू खरिद गर्न सकिन्छ।

नेपालमा बढेको महंगीका कारण ढुवानी शुल्क महंगो भएर उपभोक्ताका लागि अनलाइन किनमेल महंगो हुन गएको अवस्थाको मध्यनजर गर्दै योजना ल्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘फ्रि डेलिभरी फेस्टिभल’ले खरिदकर्ताहरूलाई घरदेखि बजारसम्मको दोहोरो यात्रा गर्न नपर्ने र घरमै सामान आउने व्यवस्था गरेर अधिकतम बचत गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो कायक्रममा दराजले काठमाडौं र मूख्य शहरहरूमा मात्र नभएर ग्रामीण क्षेत्रहरूका सीमान्तकृत समुदायहरूमा पनि सेवा विस्तार गर्न राष्ट्रव्यापी डेलिभरी सेवा प्रदान गर्नेछ।

२०२३को डिसेम्बर महिनामा मात्र दराजका आधा ग्राहकले निःशुल्क डेलिभरी सेवाको लाभ लिएका थिए, जुन २०२३ जनवरीको तुलनामा पाँच सय प्रतिशत धेरै हो।

दराजसँग आवद्ध विक्रेताहरूले निःशूल्क डेलिभरी सेवालाई औजारको रूपमा लिएर व्यापार बढाउन सक्ने कम्पनीले जनाएको छ। विगतको तथ्याङ्क हेर्दा पनि दराजले निःशूल्क डेलिभरी सेवा प्रदान गर्दा विक्रेताहरूको आयमा ७५ प्रतिशत वृद्धि भएको थियो।

‘फ्रि डेलिभरी फेस्टिभल’मा बैंक कार्ड वा डिजिटल वालेटबाट अग्रिम भुक्तानी गरेमा विशेष छुटका साथै अरु थुप्रै अफरहरू पाउन सक्नेछन्।

कम्पनीका अनुसार ग्राहकले डेबिटकार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गरेमा १५ प्रतिशत वा ७५० रुपैयाँसम्म साथै क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा १ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्नेछन्।

माघ ६, २०८० शनिबार ०९:०१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।