यू-१९ विश्वकपमा आज तीन खेल हुँदै, यसरी हेर्नुहोस् लाइभ
काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको एकदिवसीय क्रिकेट विश्वकपमा आज तीन खेल हुँदैछन्।
समूह ‘ए’ अन्तर्गत बंगलादेश र भारत, समूह ‘बी’ अन्तर्गत स्कटल्याण्ड र इंग्ल्याण्ड तथा समूह ‘डी’ अन्तर्गत अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछन्।
सबै खेल नेपाली समयअनुसार पौने २ बजे सुरू हुनेछन्।
शुक्रबार भएको दुई खेलमा आयोजक दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले र आयरल्याण्डले अमेरिकालाई सात विकेटले पराजित गरेको थियो।
१९ वर्षमुनिको विश्वकपमा १६ टिम सहभागी छन्। जसलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्ड छन्।
नेपालले आफ्नो पहिलो खेल आइतबार दिउँसो पौने २ बजे न्यूजिल्याण्डविरुद्ध खेल्दैछ। विश्वकपका सबै खेल icc.tv बाट प्रत्यक्ष हेर्न सकिनेछ।
माघ ६, २०८० शनिबार ०८:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।