लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुचारू

लक्ष्मी सनराइज बैंकद्वारा ‘ई-कमर्स अक्वायरिङ’ सेवा सुचारू

काठमाडौं  : लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ।

नेप्स अन्तरर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक हो। यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको हो।

सेवा सञ्चालनपछि अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन्।

ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीको लागि ग्राहकमार्फत भुक्तानी लिनको लागि सजिलो माध्यम हुने गरेको छ। उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापी रूपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन्।

लक्ष्मी सनराइज बैंकले देशभर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटीएम, १४१ शाखारहित बैंकिङ र ५ हजारभन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ।

माघ ६, २०८० शनिबार ०८:२७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।