मुखियापट्टी मुसहरनियाँका गाउँपालिका अध्यक्ष यादवमाथि भौतिक आक्रमण

मुखियापट्टी मुसहरनियाँका गाउँपालिका अध्यक्ष यादवमाथि भौतिक आक्रमण

काठमाडौं : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ।

जनकपुरधाम प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी निवास फर्कने क्रममा उनी माथि भौतिक आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यादव सामान्य घाइते भएको जनता समाजवादी पार्टीको जिल्ला समितिका सचिव वरुण कुमार यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राति करिब पौने १ बजे सात/आठ जनाको संख्यामा आएको अज्ञात समूहले यादवमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ।

घटनाको विरोधमा जनता समाजवादी पार्टीको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका समिति र धनुषा जिल्ला समितिले विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग गरेका छन्।

माघ ६, २०८० शनिबार ०८:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।