यू-१९ विश्वकपको पहिलो दिन आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

यू-१९ विश्वकपको पहिलो दिन आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी

काठमाडौं : आईसीसी यू-१९ विश्वकप क्रिकेटको पहिलो दिन शुक्रबार आयोजक दक्षिण अफ्रिका र आयरल्यान्ड विजयी भएका छन्।

समूह ‘बी’मा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रन र समूह 'ए'मा आयरल्यान्डले अमेरिकालाई ७ विकेटले हराएको हो।

पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो।

टोलीका लागि डेवन मारिसले अर्धशतक बनाए। उनले ६५ रन बनाए भने जुवान जेम्सले ४७, डेभिड टिगरले ४४ र लुवान ड्रि प्रेटोरियसले ४० रन बनाएका थिए।

वेस्ट इन्डिजका नाथन सेलीले ३ तथा नाथन इडवार्ड र डेशावन जेम्सले समान २ विकेट लिए।

वेस्ट इन्डिजले ४०.१ ओभरमा सबै विकेट गुमााएर २ सय ५४ रन मात्र बनाउन सक्यो। जेवेल एन्ड्रियुलले शतकीय इनिङ खेलेपनि टोलीले सफलता पाउन सकेन। नाथन सेलीले ३३, जोर्डन जोसनले २१ रन बनाए भने अन्य ब्याटर खासै चल्न सकेनन्।

दक्षिण अफ्रिकाका क्वेना माफाकाले ९.१ ओभरमा १ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए। रिले नोर्टनले ३ र डेभिड टिगरले १ विकेट लिए।

अर्को समूहमा अमेरिकाविरुद्ध १ सय ६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २२.५ ओभरमा ३ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।

आयरल्यान्डका लागि रायन हुन्टरले अर्धशतक बनाए। उनले ६३ बलमा ५ चौका साथ ५० रन बनाए। केन हिल्टन र फिलिपुस ले रक्सले समान २३ रन जोडे।

अमेरिकाका अर्या ग्रागले २ र कुश भलालाले १ विकेट लिए।

अमेरिकाविरुद्ध आयरल्यान्डका रुवेन विल्सन र ओभिलर रिलले समान ३ विकेट, जोन म्याकनेलीले २ तथा कार्सोन म्याककुलोग र स्कट म्याबेथले समान १ विकेट लिए।

अमेरिकाका लागि कुशले नटआउट २२ रन, पार्थ पटेलले १३ र अमोग अरिपालेले ११ रन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

माघ ६, २०८० शनिबार ०७:०८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।