चार प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

चार प्रदेशमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं : देशका पहाडी भागमा अहिले आंशिक बदली छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ ६, २०८० शनिबार ०६:५७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।