सरकार लाग्नुपर्यो, फरार जीबी राईलाई समात्न हामी साथ दिन्छौँ : रवि लामिछाने

सरकार लाग्नुपर्यो, फरार जीबी राईलाई समात्न हामी साथ दिन्छौँ : रवि लामिछाने
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राई भनिने गितेन्द्रबाबु राईलाई सरकारले समात्न नसकेको बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको भेटमा लामिछानेले राज्यका कारण फरार रहेका जीबी राईलाई समात्न नसकेको दाबी गरे। 

जीबी रवि प्रवन्ध निर्देशक रहेको ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष हुन्। उनीमाथि जिबीसँग मिलेर सहकारीको वचत टेलिभिजनमा लगेको र जिबीलाई संरक्षण गरेको आरोप लाग्दै आएको छ।

‘समात्न सरकार लाग्नुपर्यो, हामी सघाउन तयार छौँ। जोसँग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ,’ उनले दाबी गरेका थिए। उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट बताएका थिए। लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका थिए। 

माघ ५, २०८० शुक्रबार १८:३९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।