हिमालयन रिइन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय लिन अनुमति पायो

हिमालयन रिइन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय लिन अनुमति पायो

काठमाडौँ : हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतको बिमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर पाएको छ। सो नम्बर पाएसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय लिन कानुनी बाटो खुलेको छ।

कम्पनीका अनुसार आईआरडीएआईले मंगलबार रिलाई स्वीकृति दिएको हो। ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हिमालयन रिइन्स्योरेन्सले केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरेर स्टक मार्केटमा कम्पनी सूचीकृत भएको छ। स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रूपमा पनि सेवा लिनदिने काम गर्दै आएको छ।

माघ ५, २०८० शुक्रबार १७:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।