हुन्डी र स्क्रिप्ट कारोबारमा जोडिएका ब्यापारी नरेश अग्रवाल पक्राउ

हुन्डी र स्क्रिप्ट कारोबारमा जोडिएका ब्यापारी नरेश अग्रवाल पक्राउ

काठमाडौँ : सुन, हुन्डी र स्क्रिप्ट करेन्सीको कारोबारमा संलग्न रहेको आशंकामा व्यापारी नरेश अग्रवाल पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागले काठमाडौँको क्षेत्रपाटीमा रहेको घरमा छापा मारेर उनलाई पक्राउ गरेको हो।

विभागस्रोतका अनुसार उनको घरमा २ करोड नगद फेला परेको छ। अग्रवाल पटक-पटक हुन्डी कारोबारमा जोडिँदै आएका थिए। पछिल्लो समय सुन तस्करी र स्क्रिप्ट करेन्सिको अवैध कारोबारमा समेत उनको नाम जोडिएपछि विभागले उनको गतिविधि निगरानीमा राखेको थियो।

माघ ५, २०८० शुक्रबार १६:४६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।