माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको अभियानमा ‘माउण्टेन ड्यु’ सहयात्री
काठमाडौं : माउण्टेन ड्यु ब्रान्डले आरोही गेल्जे शेर्पाको चो यु हिमाल आरोहण गर्ने सपनालाई साकार पार्ने अभियानमा साथ दिने भएको छ।
ब्रान्डले नेपालबाट माउण्टेन चो यु (८,१८८ मिटर) आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको हो।
हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही हुन्। उनले ८००० मिटर भन्दा बढी उचाइका धेरै चुचुराहरू आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन्।
उनले ‘डेथ जोन’को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए। आफ्नो वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा ‘डरको अगाडि जित छ’ जसरी उनले डरको सामना गरेको भन्दै शेर्पालाई उनको यात्रामा थप साथ दिने माउण्टेन ड्युले बताएको छ।
गेल्जेले नयाँ उचाइहरू माथि जित हासिल गर्ने र नेपालका शेर्पाहरूलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्।
पेप्सीको नेपालका एसोशिएट निर्देशक अनुज गोयलले शेर्पाले सगरमाथा र अनगिन्ती अन्य आरोहणहरूमा प्रदर्शन गरेको वीरतापूर्ण कार्यको कारण विश्वभर ख्याति कमाएको हुँदा उनको यात्रालाई निरन्तर साथ दिइने बताए।
माघ ५, २०८० शुक्रबार १५:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।