सामसङ ग्यालेक्सी एस२४ को प्रि-अर्डर नेपालमा पनि खुल्यो, कति पर्छ मूल्य?

सामसङ ग्यालेक्सी एस२४ को प्रि-अर्डर नेपालमा पनि खुल्यो, कति पर्छ मूल्य?

काठमाडौं : सामसङ नेपालले ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यालेसी एस२४ को प्रि अर्डर खोलेको छ।

बिहीबार एक कार्यक्रमका बीच कम्पनीले नेपालमा तीन फोनको बुकिङ खोलेको हो।

सो अवसरमा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए आई नवप्रवर्तन सम्पदा र मानिसहरूले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने गहिरो बुझाइबाट निर्माण गरिएको बताए।

ग्यालेक्सी एस२४ सिरिजले फोन कलको वास्तविक–समयमा नै दुई–तर्फी आवाज र टेक्स्ट दुवै लाइभ ट्रान्स्लेटको साथ मोबाइल फोनको संचारको तरिकालाई नै पुनः परिभाषित गरिदिएको छ।

यसले डाटा वावाई–फाई विना पनि काम गर्दछ। मेसेज र अन्य एपहरूका लागि च्याट असिस्टले उदेश्य अनुसारको कुराकानीको टोनलाई सुनिश्चित गर्न मद्दत गर्छ।

सामसङ किबोर्डमा निर्मित एआईले १३ भाषाहरूमा सन्देशहरू वास्तविक समयमा अनुवाद गर्नसक्छ। गाडीमा, एन्ड्रोइड अटोले स्वचालित रूपमा आगमन सन्देशहरू संक्षेप गर्नेछ र सान्दर्भिक जवाफ र कार्यहरू सुझाव दिन्छ।

सामसङ नोट्स मा भएको नोट असिस्टले एआई जेनरेटेड सारंश उपलब्ध गराइ आफूले चाहेको फम्र्याटमा राखिदिनेछ। भ्वाइस रेकर्डिंङका लागि, धेरै जना बोलिरहेको बेला पनि, ट्रान्स्क्रिप्ट अस्सिस्टले एआई र स्पीच–टु–टेक्स्ट टेक्नोलोजी प्रयोग गरि सारांश ट्रान्सक्राइब गरी रेकर्डिङहरू अनुवाद गर्नसकिनेछ।

ग्यालेक्सी एस२४ ले पहिलो पटक कुनै अरु मोबाइल फोनमा नभएको सर्कल टु सर्च ल्याउँदै गुगल मार्फत खोज गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ। 

प्रयोगकर्ताहरूले ग्यालेक्सी एस२४ को स्क्रिनमा सर्कल, हाइलाइट, स्क्रिबल वा ट्याप गरि उच्च गुणस्तरको परिणामहरु प्राप्त गर्न सक्नेछन्।

फोन माघ २३ गतेसम्म प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ। यसरी प्रि–अर्डर सामसङ स्टोरहरूबाट गर्न सकिन्छ। साथै वेबसाइट बाट पनि गर्न सकिन्छ।

सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा २५६ जीबीको मोबाइल प्रि अर्डर गर्दा बड्स एफई निःशुल्क पाइनेछ। प्लस र बेस भेरियन्टको प्रि अर्डर गर्दा बड्स एफई किन्दा ४ हजार रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एस २४ अल्ट्रा ५१२ जीबीको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ, २५६ जीबीको मूल्य १ लाख ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, प्लसको मूल्य १ लाख ४२ हजार ९९९ र बेसको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको छ।

यसका साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्ट्यान्ट फाइनान्स सेवाको साथमा फोनलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआइमा पाउन सकिन्छ।

सामसङले १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ भने फोन एक्चेन्ज गर्न चाहनेका लागि त्यो सुविधा पनि उपलब्ध छ।

माघ ५, २०८० शुक्रबार ११:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।