पाँच सयले बढ्यो सुनको मूल्य

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दा चाँदीमा तोलामा पाँच रुपैयाँ बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार रुपैयाँ प्रतितोला कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम हुँदा चाँदी १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

माघ ५, २०८० शुक्रबार ११:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।