फोनबाट मेयरलाई धम्की दिएको आरोपमा पक्राउ

फोनबाट मेयरलाई धम्की दिएको आरोपमा पक्राउ

काठमाडौं : बाराको कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहलाई धम्की दिएकाे आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका-५ महुवन बस्ने ३६ वर्षीय भोला गिरी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।

फोन गरी धम्की दिएको भनी नगर प्रमुखले जानकारी गराएपछि तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार माघ ३ गते पक्राउ परेका गिरीको सन्दर्भमा थप अनुसन्धान कार्य भइरहेको छ।

माघ ५, २०८० शुक्रबार ०८:४६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।