नेपालमा टिभिएस टिभिएस् एन्टर्कको एक लाख माइलस्टोन पूरा
काठमाडौं : नेपालको लागि टिभिएस् मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टिभिएस् एनटर्कले १ लाख माइलस्टोन पूरा गरेको छ।
२०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख थान बिक्री भइसकेको छ।
यस विषयमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पाएकोमा खुसी व्यक्त गरे।
टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ। यसको टिभिएस एनटर्क ड्रम आकर्षक मुल्यको कारण बढी रुचाइएको छ।
हालसालै लन्च भएको टिभिएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्ने कम्पनीले जनाएको छ।
टिभिएस एक्सपिमा आरटि–एफ्आइ प्रविधी, भोइस कमान्ड, राइड मोड लगायत ६० वटा भन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरू उपलब्ध छन्।
स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ।
माघ ५, २०८० शुक्रबार ०८:२९:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।