चार प्रदेशमा हिमपात र दुई प्रदेशमा वर्षाको सम्भावना

चार प्रदेशमा हिमपात र दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : देशका पहाडी भेगमा आंशिक बदली छ। तराईका एकदुई स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई  स्थानमा सामान्य हिमपातको सम्भावना छ।

माघ ५, २०८० शुक्रबार ०६:५४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।