युगान्डाका नेपालीसँग प्रधानमन्त्री प्रचण्ड : अफ्रिकामा नेपाली भेट्दा खुसी लाग्यो

युगान्डाका नेपालीसँग प्रधानमन्त्री प्रचण्ड : अफ्रिकामा नेपाली भेट्दा खुसी लाग्यो

काठमाडौँ : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन  युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगान्डामा रहेका नेपालीसँग भेट गरेका छन्।

बिहीबार साँझ पुगेका उनले युगान्डामा आफ्नो पहिलो भ्रमण रहेको र अफ्रिकामा रहेका नेपाली भेट्न पाउँदा खुसी लागेको बताए। उनले भिजिट भिसाका बारेमा केही महत्त्वपूर्ण निर्णय गरिएको र केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको जानकारी दिएका थिए।

'विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन। विदेशमा रहेका नेपालीहरूका दुख कष्ट बुझ्ने अवसर पनि पाएँ” प्रधानमन्त्रीले भन्नुभयो, “अफ्रिकामा रहेका नेपालीहरू भेट्न पाएको थिइन।'

परराष्ट्रमन्त्री एनपी साउदले युगान्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गरेका थिए।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ युगान्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्री लगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताएका थिए।

माघ ५, २०८० शुक्रबार ००:३५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।