राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश

राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्।

आज राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्‌बाट सिफारिस आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताएकी छिन्।

अध्यादेश जारी भएसँगै बजेटका प्राथामिकता र सिद्धान्त (प्रिबजेट) छलफल संसदको हिउँदे अधिवेशनमा गर्न बाटो खुलेको छ।

माघ ४, २०८० बिहीबार १८:२८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।