बाग्लुङमा स्टेज उक्लिँदै गरेका दुर्गा प्रसाईंमाथि हातपात, एकजना प्रहरी नियन्त्रणमा

बाग्लुङमा स्टेज उक्लिँदै गरेका दुर्गा प्रसाईंमाथि हातपात, एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं : बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।

आज दिउँसो करिब २ बजे बागलुङ सदरमुकाममा 'नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ' कार्यक्रममा सहभागी हुँदा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।

स्टेजमा उक्लिने क्रममा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्। ती पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले जानकारी दिए।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम छन्।

हातपातको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

माघ ४, २०८० बिहीबार १६:१८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।