१४ वर्षीय नाबालिक बलात्कार आरोपमा मोरङका एक युवक पक्राउ
काठमाडौं : मोरङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–६ का २४ वर्षीय काले भनिने संयोग चौधरी छन्।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो दिउँसो नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका चौधरीले १४ वर्षीय नाबालिगको बलात्कार गरेको आरोप छ। गएको पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई नाबालिगको बलात्कार गर्दै आएको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
माघ ४, २०८० बिहीबार १५:३१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।