भीड नियन्त्रणमा प्राणघातक हतियारको प्रयोगविरूद्ध सर्वोच्चमा रिट, पेसी भोलि
काठमाडौं : भीड नियन्त्रण गर्न प्राणघातक हतियारको प्रयोग भएकोविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
प्रहरीले भीड नियन्त्रणका लागि मेटल बुलेट जस्ता घातक हतियार प्रयोग गरेकोविरूद्ध आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाइका लागि भोलि न्यायाधीश कुमार चुडालको इजलासमा पेसी परेको छ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रदर्शनको क्रममा भीड नियन्त्रणमा प्रयोग हुने घातक हतियारको प्रयोगलाई प्रतिबन्धित गर्न माग गरेका छन्। व्यवस्थापनका लागि खटिने प्रहरीलाई अहिंसात्मक तौर तरिकाबारे प्रदर्शन व्यवस्थापनका लागि खटिने प्रहरीहरूलाई अनिवार्य प्रशिक्षण दिनुपर्ने र ट्रेनिङको म्यानुअल पनि समावेश गर्नुपर्ने रिटमा उल्लेख गरेका छन्।
अधिवक्ता त्रिपाठीले रिट निवेदनको टुंगो नलागेसम्म निहत्था नागरिकमाथि प्राणघातक हतियार प्रयोग नगर्नू नगराउनू भनी आन्तरिम आदेश समेत माग गरेका छन्।
माघ ४, २०८० बिहीबार १३:२५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।