प्रधानमन्त्री कप : मधेशलाई एपीएफको २४७ रनको लक्ष्य, सुदूरपश्चिम २०२ रनमा अलआउट

प्रधानमन्त्री कप : मधेशलाई एपीएफको २४७ रनको लक्ष्य, सुदूरपश्चिम २०२ रनमा अलआउट

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्बलले मधेश प्रदेशलाई २४७ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा तानिएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो।

उसका लागि कप्तान रोहित पौडेल र आशिफ शेखले क्रमशः ५८ र ५९ रनको अर्धशतकीय पारी खेले। 

त्यसबाहेक अमरसिंह रौटेलाले अविजित रहँदै ४९ रनको पारी खेले। सन्दीप जोराले २० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

मधेशका प्रदीप पासवान र रुपेश सिंहले समान तीन–तीन विकेट हात पारे। रञ्जीत कुमारले दुई विकेट लिँदा अरनिको यादवले एक विकेट चट्काए।

मधेशले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

उता भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेल सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २०२ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो।

उसका लागि किरण ठगुन्नाले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। 

नारायण जोशी ४६, शेर मल्ल १९, राजु रिजाल १६, टेक रावत १५, नरेन साउद १३ रन बनाएर आउट भए। अन्य चार खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

गण्डकीका विपिन खत्री र अंकित न्यौपानेले समान तीन–तीन विकेट लिँदा कमल परियार र अमित गुरुङले दुई–दुई विकेट हात पारे।

यस्तै, मुलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा कोशीले दिएको ८९ रनको लक्ष्य आर्मीले ९.५ ओभरमा एक विकेट पूरा गर्दै नौ विकेटको जित निकाल्यो।

माघ ४, २०८० बिहीबार १२:५०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।