शाहबले छ विकेट लिएपछि ८८ मै समेटियो कोशी, पाँच खेलाडी शून्यमै आउट

शाहबले छ विकेट लिएपछि ८८ मै समेटियो कोशी, पाँच खेलाडी शून्यमै आउट

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा कोशी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ८९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको कोशी प्रदेशले २४.४ ओभरमा सबै विकेट गुमाएर मात्र ८८ रन जोड्यो।

उसका लागि कप्तान अंकित सुवेदीले ४१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कोशीका पाँच खेलाडी शून्य रनमा आउट भए।

आर्मीका लागि ६.४ ओभर बलिङ गरेका शाहब आलमले १४ रन दिएर छ विकेट लिए। कुशल मल्लले दुई विकेट हात पार्दा सोमपाल कामी र विवेक यादवले एक–एक विकेट चट्काए।

आर्मीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

बुधबार मुलपानी मैदानमै भएको खेलमा आर्मी बागमती प्रदेशसँग तीन विकेटले पराजित भएको थियो।

माघ ४, २०८० बिहीबार ११:२८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।