बलुचिस्तानमा आक्रमण गरेको दुई दिनपछि इरानमाथि पाकिस्तानको जवाफी कारबाही

बलुचिस्तानमा आक्रमण गरेको दुई दिनपछि इरानमाथि पाकिस्तानको जवाफी कारबाही

एजेन्सी : बलुचिस्तानमा इरानले आक्रमण गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा आक्रमण गरेको छ।

आक्रमणमा पाकिस्तानी सेनाले इरानमा आश्रय लिएका पाकिस्तानी मूलका आतंकवादीलाई निशाना बनाएको पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान पाकिस्तानले इरानको सिस्तान-ओ-बलुचिस्तान प्रान्तमा आतंकवादीहरूको विशेष रूपमा पहिचान गरिएका लक्ष्यहरूमा आक्रमण गर्यो। गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको ‘मार्ग बार सर्माचार’ नामक अपरेशनमा धेरै आतंककारी मारिएका छन्।’

विज्ञप्तिमा थप भनिएको छ, ‘विगत केही वर्षमा इरानसँगको वार्तामा पाकिस्तानले आफूलाई सर्माचार भन्ने पाकिस्तानी मूलका आतंकवादीबारे इरानलाई धेरै प्रमाण दिएको थियो। तर उनीहरूले पाकिस्तानमा जनताको रगत बगाइरहेका छन्। सर्माचारका विरुद्ध ठोस सूचनाका आधारमा कारबाही गरियो।’

पाकिस्तानी विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तान हरेक खतराबाट आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न प्रतिबद्ध छ। पाकिस्तानले भविष्यमा पनि आफ्नो सुरक्षाका लागि यस्ता कदमहरू जारी राख्नेछ।’

दुई दिनअघि इरानको आक्रमण
मंगलबार पाकिस्तानको बलुचिस्तानमा इरानले आक्रमण गरेको थियो। इरानले आफ्नो देशमा लगातार आतंकवादी घटनाहरू गरिरहेको जैश अल-अदल नामक संगठनलाई निशाना बनाएको जनाएको छ।

पाकिस्तानले इरानको आक्रमणप्रति कडा आपत्ति जनाउँदै जवाफी कारबाही गर्ने अधिकार पाकिस्तानसँग रहेको बताएको थियो। उनले इरानबाट राजदूतलाई पनि फिर्ता बोलाएको छ।

अमेरिकाले इरानको कार्यलाई पाकिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन भएको भन्दै शान्तिपूर्ण समाधानको आशा व्यक्त गरेको छ भने चीनले दुवै देशले संयमथन अपनाउन आग्रह गरेको छ।

भारतले भने यसलाई दुई देशको आपसी मामिला भन्दै इरानले आत्मरक्षाका लागि लागि यस्तो कदम चाल्न सक्ने बताएको छ।

माघ ४, २०८० बिहीबार ११:०८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।