बीवाईडीको नयाँ शोरुम अब ललितपुरमा, मेयर महर्जनले गरे उद्घाटन
काठमाडौं : विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ।
नयाँ शोरुमले ग्राहकहरूका लागि एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसनको सुविधासहित ‘वान स्टप सोलुसन’ प्रदान गर्ने कम्पनीले जनाएको छ।
बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा उक्त शोरुम सञ्चालनमा ल्याएको हो।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गरे।
शोरुममा इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन्।
शोरुम उद्घाटनको अवसरमा नेसनल सेल्स हेड प्रकाश तुलाधरले ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हर्षित भएको बताएका छन्।
यो नयाँ शोरुमसहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।
माघ ४, २०८० बिहीबार १०:३७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।