शाओमीको बजेट मैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य?

शाओमीको बजेट मैत्री रेड्मी १३ सी स्मार्टफोन नेपालमा, कति पर्छ मूल्य?

काठमाडौं : शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसर सहित उपलब्ध यस नयाँ रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

शाओमीले रेड्मी १२ सीको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो।

नेपालको लन्च कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृष्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई आफूहरूले रेड्मी १३ सीमा पनि कायमै राखेको बताए।

रेड्मी १३ सी१२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित। फोन ६ जिबी+१२८ जिबी र ८ जिबी+२५६ जिबी भेरिएन्टहरूमा उपलब्छ छ।

१६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई  तथा १९२ ग्राम तौलमा फोन उपलब्ध छ।

१६००ह७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्ले भएको फोनमा ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेस छ। डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्छ।

५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा मोबाइलमा रहेको छ। नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनि उपलब्ध छ।

यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ। साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि  १०८०  पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा  भिडियो रेकर्डिङ गर्दछ।

रेड्मी १३ सिको पाँच हजार एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ। १० वाटको एडाप्टर सहित आउने यस रेड्मी १३ सी लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ।

रेड्मी १३ सि ६+१२८ जिबी र ८+२५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । 

त्यस्तै ६+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य १५ हजार ९९९ र १८ हजार ९९९ रहेको छ।

माघ ४, २०८० बिहीबार ०८:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।