यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर

काठमाडौं : कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा बिहान आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडका केही भू-भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। 

महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी  भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहने जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

माघ ४, २०८० बिहीबार ०७:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।