सशस्त्र द्धन्द्धको सेटमा खिचिँदै धिरज र उपासनाको ‘खुस्मा’

सशस्त्र द्धन्द्धको सेटमा खिचिँदै धिरज र उपासनाको ‘खुस्मा’

 

काठमाडौं : एक समय नेपालमा तत्कालीन सरकार र माओवादीबीच सशस्त्र द्धन्द्धले आम मानिसको जनजीवन प्रभावित बन्यो। देशवासीहरू सरकार र विद्रोही पक्षको चेपुवामा परे।

सोही द्धन्द्धकै प्रभावमा परेको रुकुम पुर्वी जिल्लामा नयाँ फिल्म खिचिने भएको छ।

सोमबार घोषणा भएको फिल्म ‘खुस्मा’ तत्कालीन समयमा भएको द्धन्द्धकै सेटअपमा निर्माण हुन लागेको हो। फिल्ममा रुकुम पुर्वी भेगका गाउँका युवायुवतीको भूमिकामा अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी देखिँदैछन्।

उनीहरूलाई गाउँले भूमिकामा प्रस्तुत गरिने भएकाले रुकुम पुर्वी जिल्ला तथा पोखरा आसपासमा फिल्मको छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ।

धिरज र उपासनाले पहिलो पटक सहकार्य गर्न लागेका हुन्।

विभिन्न ९ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा पुरस्कृत भइसकेका अशोक थापा मगरले फिल्मलाई निर्देशन गर्नेछन्। उनका अनुसार फिल्ममा सरकार र तत्कालीन विद्रोही बीचको द्धन्द्ध र सेटअपमा प्रस्तुत गरिने छ। तर, यस फिल्ममा भिडन्त भने देखाइने छैन।

निर्देशक मगरले यो फिल्मको छायांकन दुई चरणमा गरिने जानकारी दिएका छन्।

फिल्मको लगानी बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीले गर्दैछन्। फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्ग बहादुर पुन (खबपु) तथा अरुण मगरको पनि अभिनय रहनेछ।

फिल्मको गीतमा एस डी योगी, सुरेन्द्र राना तथा राम अविरल विष्टको स्वर तथा संगीत रहने छ भने फिल्मलाई दिपक बज्राचार्यले खिच्नेछन्।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मलाई गोबिन्द शाहीको काफिया फिल्मस्ले वितरण गर्नेछ।

माघ ३, २०८० बुधबार १८:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।