सरकारले गर्‍यो चार नियुक्ति : लगानी कोषमा प्रमोदकुमार, गंगालालमा डा रवि

सरकारले गर्‍यो चार नियुक्ति : लगानी कोषमा प्रमोदकुमार, गंगालालमा डा रवि

काठमाडौँ : सरकारले विभिन्न निकायमा चार जनालाई नियुक्त गरेको छ। बुधवार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा प्रमोदकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माका अनुसार सांस्कृतिक संस्थानको महाप्रबन्धक पदमा रुकुम पश्चिमका किरणबाबु पुन, गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा.रवि मल्ल र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको छ।

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ भने राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन्।

माघ ३, २०८० बुधबार १८:३३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।