यति ब्रुअरीले साधारण सेयर निष्कासन गर्ने, धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआइएमबि एस क्यापिटल

यति ब्रुअरीले साधारण सेयर निष्कासन गर्ने, धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआइएमबि एस क्यापिटल

काठमाडौं : यति ब्रुअरी लिमिटेडले साधारण सेयर निष्कासन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, किंगफिसर, शिखर लगायत ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।

सम्झौता अन्तर्गत एनआइएमबि एसद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरीको साधारण सेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिने बताइएको छ।

माघ ३, २०८० बुधबार १८:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।