दिनेश र दिपेन्द्रको साझेदारीमा कर्णालीले लुम्बिनीलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको बुधबारको खेलमा कर्णाली प्रदेशले लुम्बिनीलाई १८५ रनको लक्ष्य दिएको छ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित ४५ ओभरमा १८४ रन बनाएका थिए।
चिसोका कारण ढिला सुरु भएको खेललाई ४५ ओभरमा झारिएको हो।
कर्णालीका लागि दिनेश अधिकारीले अविजित ५६ रनको अर्धशतकीय पारी खेले।
दिपेन्द्र रावतले ४७, हिमांशु शाहीले २५ र रविन्द्र शाहीले ११ रन बनाउँदा लुम्बिनीले २७ रन अतिरिक्त उपहार दिएको थियो।
एक समय ८६ रनमा सात विकेट गुमाइसकेको अवस्थामा दिनेश र दिपेन्द्रले ७२ रनको साझेदारी खेलेका थिए।
लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले समान तीन–तीन विकेट लिँदा मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहाले समान एक–एक विकेट हात पारे।
लुम्बिनीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
माघ ३, २०८० बुधबार १४:०४:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।