१२ सय रूपैयाँले घट्यो सुनको मूल्य

१२ सय रूपैयाँले घट्यो सुनको मूल्य

 

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार २०० रूपैयाँ घटेर कारोबार भइरहेको हो।

आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रति तोला एक लाख १९ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन प्रति तोला एक लाख १७ हजार ६५० रूपैयाँमा कारोबार भएको छ।

हिजो तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ८५० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य १५ रूपैयाँ घटेर कारोबार भइरहेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदी प्रति तोला एक हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो।

माघ ३, २०८० बुधबार ११:४३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।