करिम बेन्जेमाद्वारा फ्रान्सका गृहमन्त्रीविरुद्ध मानहानीको मुद्दा दायर

करिम बेन्जेमाद्वारा फ्रान्सका गृहमन्त्रीविरुद्ध मानहानीको मुद्दा दायर

एजेन्सी : फ्रान्सेली फुटबलर करिम बेन्जेमाले फ्रान्सेली गृहमन्त्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका छन्।

गृहमन्त्री जेराल्ड डार्मानिनले बेन्जेमामाथि मुस्लिम ब्रदरहुड संगठनसँग सम्बन्ध रहेको आरोप लगाएका थिए।

अक्टोबरमा गृहमन्त्री डार्मानिनले बेन्जेमाको सुन्नी मुस्लिम संगठन मुस्लिम ब्रदरहुडसँग ‘सम्बन्ध’ रहेको बताएका थिए।

बेन्जेमाका वकिलले मन्त्रीको यो भनाइले खेलाडीको प्रतिष्ठामा चोट पुगेको बताएका छन्। मुस्लिम ब्रदरहुड इजिप्ट, रुस र साउदी अरबमा प्रतिबन्धित छ।

बेन्जेमाले गाजाको समर्थनमा ट्विट गरेपछि डार्मानिनले यो बयान दिएका हुन्।

उनले लेखेका थिए, ‘गाजाका जनता अन्यायपूर्ण बमबारीको सिकार भएका छन्, जसमा न महिलालाई छोडिएको छ न बालबालिकालाई।’

यसपछि गृहमन्त्रीले भनेका थिए, ‘मुस्लिम ब्रदरहुडसँग बेन्जेमाको पुरानो सम्बन्ध छ।’

उनले एक टिभीसँग कुरा गर्दै भनेका थिए, ‘हामी मुस्लिम ब्रदरहुड भनिने हाइड्रासँग लडिरहेका छौँ किनभने यसले जिहादको वातावरण सिर्जना गर्दछ।’

३६ वर्षीय बेन्जेमा मुस्लिम हुन् र साउदी अरेबियाको क्लबबाट खेल्छन्, यसअघि उनले स्पेनिस क्लब रियल मड्रिडबाट पनि खेलिसकेका छन्।

माघ ३, २०८० बुधबार १०:५४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।